You are viewing the translated version of घरेलु बिषादी पञ्जीकरण.

Rule 19
घरेलु बिषादी पञ्जीकरण
(१) किसान आफैंले /वा कृषक समूह वा कृषि सहकारीले विकास गरी उत्पादन गरेको स्वदेशी मातृ स्रोतमा आधारित घरेलु विषादीको व्यावसायिक रुपमा उत्पादन, भण्डारण र्‌ ओसारपसार गर्नको लागि त्यस्तो घरेलु विषादीको पञ्जीकरण गराउनु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीयस्तरमा पाइने वनस्पति वा जीवजन्तुको सहउत्पादन वा अन्य सामग्री; प्रयोग वा सम्मिश्रण गरी किसान वा समुदायले परम्परागत ज्ञान, सिप वा सिकाइबाट विकास गरिएको घरेलु विषादीको प्रयोग गर्नका लागि पञ्जीकरण गराइरहनु पर्ने छैन ।

(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि/उपनियम (१) बमोजिमका घरेलु विषादी पञ्जीकरणका लागि देहायको विवरण तथा कागजात संलग्न गरी सम्बन्धित -प्रदेशको कृषि विषय हेर्ने जिल्लास्थित कार्यालयमार्फत केन्द्रसमक्ष निवेदन दिनु पर्नेछः-

(क) पञ्जीकरण गराउन चाहेको घरेलु विषादीको व्यापारिक नाम,

(ख) पञ्जीकरण गराउन चाहेको घरेलु विषादीको उत्पादकको नाम, ठेगाना र सम्पर्क फोन नम्बर,

(ग) पञ्जीकरण गराउन चाहेको घरेलु विषादीको प्रयोग र प्रभावकारिता सम्बन्धमा बाली संरक्षण प्रयोगशालामा परीक्षण गरेको वा कृषि सम्बन्धी अनुसन्धान : संस्था, अध्ययन संस्थान वा अन्य संस्थागत निकायले कम्तीमा दुई मौसमका बालीमा परीक्षण गरिएको प्रतिवेदन, र

(घ) पञ्जीकरण गराउन_ चाहेको घरेलु विषादीको प्रयोग गर्ने विधि सम्बन्धी जानकारीपत्र ।

(४) उपनियम (३) बमोजिम प्राप्त निवेदन र सो साथ संलग्न प्रतिवेदन जाँचबुझ गर्दा थप अनुसन्धान आवश्यक देखिएमा केन्द्रले सम्बन्धित पक्षलाई थप विवरण पेस गर्न लगाउन वा जीवनाशक विषादी विज्ञ, प्राविधिक वा अनुसन्धान निकायबाट थप अनुसन्धान गराउन सक्नेछ र त्यस्तो घरेलु विषादी पञ्जीकरण गर्न उपयुक्त देखिएमा केन्द्रले पञ्जीकरण गरी निवेदकलाई प्रमाणपत्र-उपलब्ध गराउनेछ।

(५) घरेलु विषादीलाई घाम नलाग्ने, सुख्खा, पक्की ढलान भएको (र हावा आवतजावत गर्ने कक्षमा भण्डारण गर्नु पर्नेछ।

(६) घरेलु विषादी ओसारपसार र भण्डारण गर्दा खाद्य तथा पशुआहारासँगै राख्न पाइने छैन।